श्रीलंकाले इंग्ल्यान्डलाई ८ विकेटले हरायो

21

काठमाडौँ, ९ कात्तिक । एकदिवसीय विश्वकप–२०२३ अन्तर्गत आजको खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई पराजित गरेको छ । बिहीबार सम्पन्न खेलमा इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै श्रीलंकाले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

इंग्ल्यान्डले दिएको १५७ रनको लक्ष्य श्रीलंकाले २५.४ ओभरमा पूरा गर्‍यो । पहिलो र दोस्रो विकेट सस्तैमा गुमाएको श्रीलंकाले तेस्रो विकेटका लागि पथुम निसानका र सदीरा समरविक्रमाले १३७ रनको साझेदारी गर्दै जित दिलाए ।

पथुम निसानकाले ८३ बल खेल्दै ७ चौका र २ छक्कासहित अविजित ७७ तथा समरविक्रमाले ५४ बलमा ७ चौकार ए छक्काको मद्धतमा नटआउट ६५ रन जोडे ।

इंग्ल्यान्डका डेविड विल्लीले २ विकेट लिए ।

त्यसअघि एम चिन्नस्वामी स्टेडियम बैंगलोरमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४३ रनको योगदान दिए । यसैगरी, जोनी बेइस्ट्रोले ३०, डेविड मलानले २८, मोइन अलीले १५ तथा डेविड विल्लीले १४ रन बनाए भने अन्य खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लाहिरू कुमाराले ३, कसुन रजिता तथा एन्जेलो म्याथुजले २–२ विकेट लिए ।

श्रीलंकाले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक जोडेको छ भने इंग्ल्यान्डले १ मा जित र ४ खेलमा हारसहित २ अंका जोडेको छ ।

समान ५ खेल सकिँदा आयोजक भारत सतप्रतिशत जितसहित अंका तालिकाको शीर्ष स्थानमा छ । यस्तै, समाज ४ खेलमा जित र एक खेलमा हारसहित ८ अंक जोड्दै क्रमशः दक्षिण अफ्रिका दोस्रो तथा न्युजिल्यान्ड तेस्रो स्थानमा छ । ६ अंक जोडेको अष्ट्रेलिया चौथो स्थानमा रहँदा श्रीलंका पाँचौँ स्थानमा रहेको छ । पाकिस्तान, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड र नेदरल्यान्ड क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थनमा रहेका छन् ।

अंक तालिकाको शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...