युद्धमा मृत्यु हुनेको संख्या ७ हजार बढी पुगेको प्यालेस्टिनी दाबी

17

काठमाडौँ, ९ कात्तिक । अक्टोबर ७ मा इजरायलमाथि प्यालेस्टिनी कट्टरपन्थी इस्लामिक लडाकु समूह (हमास)ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तिमा ७ हजार २८ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सन् २००५ मा इजरायलले गाजामा एकतर्फी रूपमा आक्रमण रोको घोषणा गरेपछि भएको युद्धमा २ हजार ९१३ बालबालिका र १ हजार ७०९ महिलासहित ७ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

अक्टोबर ७ मा हमास लडाकुले हवाई, स्थल र जलमार्गबाट एकैसाथ एक्कासी आक्रमण गर्दा गाजा क्षेत्रको इजरायलर्फको सिमानामा कम्तिमा १ हजार ४०० जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी व्यक्तिलाई अपहरण गरी बन्धक बनाइएको दाबी इजरायली सेना तथा स्वास्थ्य अधिकारी रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...