इजरायल–हमास युद्ध : मृत्यु हुनेको संख्या साढे ६ हजार नाघ्यो

99

काठमाडौँ, ९ कात्तिक । गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टानइनीको संख्या ६ हजार ५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र सहरहरूमा हमासले ठुलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...