हेलिकोप्टर दुर्घटनामा परेका मनाङ एयरका पाइलट सेढाईंको मृत्यु

128

काठमाडौँ, ८ कात्तिक । गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाश कुमार सेढाईंको मृत्यु भएको छ ।

उनले चलाएको हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौँको ह्याम्स अस्पतालमा ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो ।

नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ । दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकोप्टर शनिबार बिहान ७ बजेर १३ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...