असत्यमाथि सत्यको विजयको प्रतीक : प्रदेश प्रमुख गुरूङ

15

गण्डकी, ७ कात्तिक । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताएका छन् ।

विजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उनले असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा मनाइने विजयादशमी पर्वको विशेष महत्त्व रहेको उल्लेख गरेका छन् ।

सन्देशमा यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकको अन्त्यसँगै व्याप्त अनेक असत्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।

यसैगरी, सबै नेपालीबीच आपसी सद्‌भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित सबैको सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...