राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

16

काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टाछुट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ ।

राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकका लागि अपरान्ह २ बजेदेखि ३ बजेसम्म समय तोकिएको छ । अन्य सर्वसाधारणका लागि अपरान्ह ३ बजेदेखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने माहनुभावले मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...