विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ

13

काठमाडौँ, ७ कात्तिक । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् भनी कामना गरेका छन् ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सांस्कृतिक धरोहर र वैभवको रूपमा रहेका चाडपर्वमा अन्तर्निहित भावना र सन्देशबाट मुलुकको विकास, समृद्धि, सुशासन तथा न्यायपूर्ण समाजको स्थापनाका लागि महत्त्वपूर्ण आधार प्राप्त हुने विश्वास व्यक्त गरे ।

सदिऔँदेखि नेपाली समाजमा रहेको आपसी सद्‌भाव, विश्वास र सहिष्णुता कायम गर्दै विविधताबीचको एकता तथा सामाजिक, सांस्कृतिक ऐक्यबद्धताको प्रवर्द्धन गर्न यसप्रकारको चाडपर्वले महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ छ ।

उनले देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवम् सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...