पिङ हाल्ने क्रममा रूखबाट खसेर मृत्यु

29

काठमाडौँ, ६ कात्तिक । काभ्रेमा पिङ हाल्ने क्रममा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

भुम्लु गाउँपालिका–६ कोतालीका ५० वर्षीय गणेश परियारको आइतबार साँझ दसैँको पिङ हाल्न वरको रूखमा चढेको बेला खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

खसेर गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...