युएईले हङकङलाई ६ विकेटले हरायो

28

काठमाडौँ, ५ कात्तिक । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जितका लागि दिएको १५० रनको चुनौती युएईले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि कप्तान मोहम्मद वासिमले १७ बलमा चार चौका र तीन छक्काको मद्धतमा ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रन बनायो ।

हङकङका लागि बाबर हायातले ४५ बल खेल्दै तीन चौका र पाँच छक्काको मद्धतमा ६६ रन बनाए । त्यस्तै, एजाज खानले ४८ रन बनाए । यी दुवै खेलाडीले चौथो विकेटका लागि ११४ रनकोसाझेदारी गरेका थिए ।

युएईका जहुर खानले तीन विकेट लिए भने निलांश केश्वानीले दुई विकेट झारे । सिरिजअन्तर्गत भोलि नेपाल र युएईबीच खेल हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...