तीन जहाज खरिदका लागि बोलपत्र आह्वान

17

काठमाडौँ, ५ कात्तिक । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ ।

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो । ती जहाज निगमले आन्तरिक श्रोतबाट खरिद गर्ने जनाइएको छ ।

निगमसँग हाल आन्तरिक उडानतर्फ २ वटा ट्वीनअटर जहाज छन् ।

Share This:
सम्बन्धित खबर
Loading...