मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

18

मकवानपुर, ४ कात्तिक । त्रिभुवन राजपथअन्तर्गत भैँसे–हेटौँडा सडकखण्डको बागझोरामा गएराति भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट करिब ३०० मिटर तल खस्दा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१ बस्ने सुमिन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

उक्त मोटरसाइकलको पछाडि सवार भीमफेदी–१ बस्ने रमन बस्नेत घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...