काठमाडौँ, ४ कात्तिक । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० जनामध्ये ४ जना नेपालीको शव आज नेपाल पठाइने भएको छ ।
तेल अबिबस्थित नेपाली दूतावासले स्थानीय समयअनुसार आज दिउँसो १ बजेर २५ मिनेटमा फ्लाइ दुबाईको विमानमार्फत् ४ जनाको शव पठाउन लागिएको जनाएको छ ।
दुबईबाट फ्लाइ दुबईकै अर्को विमानले भोलि बिहान शव काठमाडौँ ल्याइपुर्याउने छ । दूतावासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएकाहरुको शव मात्रै नेपाल पठाउन लागिएको हो ।
आक्रमणमा मृत्यु भएका अन्य शवहरूको पनि पहिचानको काम भइरहेको राजदूतावासले जनाएको छ ।
दूतावासका अनुसार हमासको आक्रमणका क्रममा बेपत्ता भएका विपिन जोशीको अवस्था भने अझै अज्ञात नै रहेकाले विभिन्न माध्यमहरूको सहयोगमा खोजी कार्य भइरहेको छ ।