३ दिनमा काठमाडौँका ४ वटा पेट्रोल पम्प सिल

46

काठमाडौँ, २ कात्तिक । उपभोक्तालाई कम तेल दिएर ठग्ने काठमाडौँका ४ वटा पेट्रोल पम्प सरकारले सिल गरेको छ । निरन्तर पम्पहरूको अनुगमन गरिरहेको सरकारी अनुगमन टोलीले पछिल्लो ३ दिनमा काठमाडौँका ४ वटा पम्प सिल गरेको हो ।

अनुगमन टोलीले शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प, हल्चोकको सशस्त्र प्रहरीको पेट्रोल पम्प, कलंकीको श्यामा पेट्रोल पम्प र तीनकुनेको बाबा भ्याली पेट्रोल पम्प सिल गरेको हो ।

अनुगमन टोलीले आज हरिसिद्धि पेट्रोल पम्प सिल गरेको हो । बुधबार सशस्त्र प्रहरीको पेट्रोल पम्प, श्यामा पेट्रोल पम्प सिल गरेको थियो । त्यस्तै, टोलीले मंगलबार बेलुका बाबा भ्याली पेट्रोल पम्प पम्प सिल गरेको थियो ।

प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग प्रतिनिधि सम्मिलित टोलीले अहिले पेट्रोल पम्पहरूको अनुगमन गरिरहेको छ ।

सिल भएका पेट्रोल पम्पहरूलाई कारबाही गरेर मात्रै पुनःसञ्चालन अनुमति दिइने सरकारले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...