काठमाडौँ, २६ असोज । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कंगोमा तैनाथ नरसिंह दल गण (शान्ति सेना) २९औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ ।
खोटाङको फक्टाङ गाउँपालिका–८ घर भएका प्युठ राई ट्याक्टिकल अपरेसन बेस जिनामा कार्यरत रहँदा बिरामी भएका थिए । उनको बुनियास्थित अस्पतालमा उपचारका क्रममा निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
राईको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको निर्देशनालयले जनाएको छ ।