राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा पर्वको शुभकामना

28

काठमाडौँ, ११ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचिन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्धत पुग्ने विश्वास लिएका छन् ।

कुमारी इन्द्रजात्रा पर्व २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले कुमारी इन्द्रजात्रा पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–अर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामसाथ मनाउने परम्परा रहिआएको उल्लेख गरेका छन् ।

मूलतः काठमाडौँ, ललितपु, भत्तपुर, काभ्रे, दोलखालगायतका जिल्ला मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा परस्पर विश्वास, सद्‌भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाण् बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रपति पौडेलको अपेक्षा छ ।

“अन्तमा, हाम्रो मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्दछु,” उनले भनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...