हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ : राष्ट्रपति पौडेल

39

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तिज) पर्वले नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यसपर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन् ।

उनले नेपाली महिलाहरूको महान् चाड तिजको सुखद् अवसरमा सबै नेपाली दिदीबहिदीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै समस्द नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्ने उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले तिजले नेपाली महिलालाई समाजमा विद्यमान लैंगिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्‌भाव कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै उनले परापूर्व कालदेखि चलिआएको रितिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बिको रूपमा यो चाड मनाउँदै आइरहेको आफूले महसुस गरेको बताए ।

राष्ट्रपति पौडेलले आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाइ राख्नु आवश्यक रहेकामा जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...