बिहीबार सार्वजनिक बिदा

33

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो ।

वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको थियो । त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावार र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...