भरतपुर, २६ भदौ । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।
सडक दुईतर्फी अवरूद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाउन ‘लोडर’ एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए ।
नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरूद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।