कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो

46

काठमाडौँ, २० भदौ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरिएको छ । आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले समय तालिका परिवर्तन गरिएको जानकारी दिएको हो ।

यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गते हुने बोर्डले जनाएको छ । ग्रेडवृद्धि परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।

असोज ९ गते अनिवार्य अंग्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन् ।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरूमध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्ने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...