खेलकुदमन्त्री लिम्बूलाई डेंगु संक्रमण, वीर अस्पताल भर्ना

100

काठमाडौँ, १० भदौ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु संक्रमण भएको छ ।

शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु संक्रमण देखिएपछि उपचारका लागि मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएको उनका स्वकीय सचिव रोशन राईले जानकारी दिए ।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्र्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा.ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...