सन्दीपको मुद्दामा किशोरीकी आमाको जन्ममितिसम्बन्धी कागजात मगाउन आदेश

29

काठमाडौँ, ३२ साउन । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममितिसम्बन्धी कागजात मगाउने आदेश दिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जम्ममिति यकिन गर्न आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए ।

कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको हो ।

गत फागुन १५ गते फास्ट ट्रयाकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि कैयौँ पटक मुद्दा सुनुवाइका लागि पेसी चढे पनि स्थगित भएका थिए ।

सन्दीप विश्वकप छनोट खेल्ने जिम्बाब्वे गएपछि मुद्दाको सुनुवाइ रोकिएको थियो । उनी फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...