गोली हानी श्रीमतीको हत्या

80

दमौली, १७ साउन । तनहुँको व्यास नगरपालिकामा भरूवा बन्दुकले हानेर एक जनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीया श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।

गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरूवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

श्रीप्रसादलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...