मनाङ एयरको हेलिकोप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन

20

काठमाडौँ, २६ असार । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ ।

सोलुखुम्बुको सुर्केबाट बिहान ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।

मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकोप्टरमा पाइटलसहित ६ जना सवार थिए । उनका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकोप्टर गन्तव्यमा पुग्न नसकेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...