गैँडाको आक्रमणबाट मृत्यु

24

चितवन, २९ जेठ । पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् ।

सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार आइतबार दिउँसो ३ बजे वनभित्र श्रीमान् श्रीमती छिरेकामा श्रीमान्‌लाई गैँडाले आक्रमण गरेको हो । साँझ साढे ५ बजे उनको शव भेटिएको दवाडीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...