जापानमा गोली र चक्कु प्रहार गरी तीन जनाको हत्या

40

एजेन्सी, १२ जेठ । जापानका प्रहरीले गोली र चक्कु प्रहार गरी ४ जनाको हत्या भएपछि एक संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ परेको व्यक्तिले पहिला एक महिलालाई चक्कु प्रहारको त्यसपछि गोली चलाई दुई जना प्रहरीको हत्या गरेको खुलेको छ । पछि थप एक जना मृत्यु भएको पुष्टि अधिकारीहरूले गरेका थिए ।

स्थानीय मिडियाले पक्राउ परेका संदिग्ध व्यक्ति नकानो सहरका मेयर मसिमिची अकोइका छोरा भएको उल्लेख गरेका छन् । सो घटनापछि गोली चलाउने व्यक्तिले आफैँलाई अकोइको घरभित्र कयौँ घन्टा बन्द गरेर राखेका थिए । प्रहरीले उनलाई घरबाट पक्राउ गरेको थियो ।

जापानमा बन्दुक आतंक निकै दुर्लभ मानिन्छ । पूर्वप्रधानमन्त्री सिन्जो आवेको गत वर्ष गोली हानी हत्या गरिएको थियो । केही महिनाअघि जापानी प्रधानमन्त्री फुमियो किशिदाको हत्या प्रयास भएको थियो । तर, सुरक्षाकर्मीले उनलाई बचाएका थिए ।

पक्राउ परेका व्यक्तिले किन उनीहरूको हत्यो गर्‍यो भन्ने खुलेको छैन । एक महिला र दुई सुरक्षाकर्मीसँगै मारिएको अर्का एक वृद्ध महिलाको मृत्यु कसरी भयो भन्ने पनि खुलेको छैन ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...