आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जबाफ दिने

7

काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभा बैठकमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ दिँदैछन् ।

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ । आजको बैठकमा जेठ ५ गते संघीय ससद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जबाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रधानमन्त्रीको जबाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था पनि छ ।

Share This:
सम्बन्धित खबर
Loading...