नेपाल सेमिफाइनलमा

53

काठमाडौँ, ९ जेठ । काठमाडौँको त्रिपुरेश्वरमा जारी काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत आयोजक टोली नेपालले मंगलबार बंगलादेशलाई हराएको हो । यससँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा २५–१० को सेटमा जित निकालेको नेपाललाई दोस्रो सेटको सुरूवातमा बंगलादेशले कडा चुनौति दिए पनि नेपालले २५–८ को सहज जित निकाल्न सफल भयो । ६–६ को बराबरीबाट अघि बढेको नेपालले त्यसपछि बंगलादेशलाई थप २ अंक मात्रै दिँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

तेस्रो सेटमा पनि सुरूवातदेखि नै अग्रता लिँदै नेपालले २५–९ ले नतिजा आफ्नो पक्षमा पार्दै नेपालले जित निकाल्न सफल भयो ।

बंगलादेशविरूद्धको खेलबाटै नेपालका ४ खेलाडीले डेब्यु गरिन् । मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पूजा चौधरी र लिबेरो शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरिन् ।

लगातार दुई जित हात पारेको नेपाल र भारत सेमिफाइनलमा प्रवेश गरेको छ भने किर्गिस्तान र बंगलादेश एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएको छ ।

अब नेपाल र भारतबीचको विजेता समूह विजेता बन्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...