स्वीट्जरल्यान्ड पठाइदिन्छु भनी ठगी गर्ने महिला पक्राउ

30

काठमाडौँ, ९ जेठ । स्वीट्जरल्यान्ड पठाइदिन्छु भनी ७ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ दशबिघा बस्दै आएकी ४६ वर्षीया पार्वती थापा रहेकी छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

उनले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीका लागि स्वीट्जरल्यान्ड पठाइदिन्छु भन्दै पटक–पटक गरी ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Share This:
सम्बन्धित खबर
Loading...