लक्ष्मण श्री र मिलन नेवारको ‘म तिम्रै डल्ले हो’ सार्वजनिक [भिडिओ]

41

काठमाडौँ, ३० वैशाख । सुमधुर आवाजका धनी गायक तथा कलाकार लक्ष्मण श्री र लोकप्रिय गायिका मिलन नेवारको स्वरमा नयाँ गीत ‘म तिम्रै डल्ले हो’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

दर्जनौँ कर्णप्रिय गीतहरुमा आफ्नो स्वर दिएर सांगितक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक लक्ष्मण श्री एक कुशल मोडल तथा समाजसेवी समेत हुन् ।

एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतको म्युजिक भिडिओलाई ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन कोरियोग्राफी तथा सम्पादन गरेका छन् ।

पवन सुस्लिङले छयांकन गरेको भिडिओमा कार्टुन क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा, गायक तथा मोडल लक्ष्मण श्री र मोडल स्मारिका ढकाललाइ फिचर्ड गरिएको छ । मिठो स्वर, मौलिक शब्द, आकर्षण भिडिओले गर्दा दर्शक श्रोताको मन जित्नेमा गायक तथा निर्माता श्री विश्वस्त छन् ।

Share This:
सम्बन्धित खबर
Loading...