पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा

26

काठमाडौँ, ३० वैशाख । इस्लामावादको उच्च अदालतले २ साताको जमानत दिएपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा भएका छन् ।

उनको गिरफ्तारी गैरकानुनी भएको सर्वोच्च अदालतले फैसला गरेको थियो । रिहा लगत्तै पूर्वप्रधानमन्त्री खान शुक्रबार राति नै लाहोरस्थित आफ्नो घर फर्किएका छन् । जहाँ उनलाई समर्थकहरूले भव्य स्वागत गरेका थिए । हजारौँ संख्यामा जम्मा भएका समर्थकले उनलाई फूल बर्साएर र आतिशवाजीले स्वागत गरे ।

गत मंगलबार नाटकीय ढंगबाट पक्राउ परेपछि खान समर्थक र सुरक्षाकर्मीबीच भएका हिंसात्मक झडपमा १२ जनाभन्दा बढीको मृत्यु भएको छ । राजधानी इस्लामावादमा प्रहरीले संकटकाल घोषणा गर्दै प्रदर्शनमा प्रतिबन्ध लगाएको छ ।

खान पक्राउपछि पाकिस्तानमा इन्टरनेट र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ । इन्टरनेट अधिकारको अन्तर्राष्ट्रिय निकाय ग्लोबल नेटवर्क इनिसिएटिभले पाकिस्तान सरकारलाई प्रतिबन्ध हटाइ मानवअधिकार र मानव सुरक्षालाई जोखिममा नराख्न आग्रह गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...