एयर इन्डियालाई ३० लाख जरिबाना

47

एजेन्सी, ३० वैशाख । भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैयाँ (३६ हजार ४९६ अमेरिकी डलर) जरिबाना गरेको छ ।

भारतीय निजी एयरलाइन्स एयर इन्डियाका विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लंघन गरेको पाइएको हो । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए)का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो ।

डिजिसिएले पाइलतको लाइसेन्स पनि ३ महिनाका लागि निलम्बन गरेको छ ।

उजुरीका आधारमा डिजिसिएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेश जारी गरेको थियो । अनुसन्धानको क्रममा डिजिसिएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लंघन गरेकोमा दोषी ठहर गरेको थियो र सबै सहचालकलाई उल्लंघन रोक्न दृढ बन्न निर्देशन पनि दिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...