नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाणले पनि गरेका थिए मोबाइल फर्म्याट

57

काठमाडौँ, २९ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनले आफ्नो मोबालइ फर्म्याट गरेको पाइएको छ । उनले को–कोसँग कुराकानी गरेका थिए भनेर अनुसन्धान गर्नका लागि प्रहरीले मोबाइलको डिटेल हेर्न लागेको हो ।

मञ्जु मोबाइल बन्द गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

पक्राउ परेका सचिव टेकनारायण पाण्डेले ह्वाट्सएपमा गरेको कुराकानी देखिएको तर खाणको मोबाइलमा नदेखिएपछि उनको पनि मोबाइल फर्म्याट भएको पाइएको हो ।

भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

अनुसन्धानमा सक्रिया एक प्रहरी अधिकारीका अनुसार खाणको मोबाइल पनि रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको छ ।

कसरी पुग्यो बिचौलियाको हातमा प्रतिवेदन ?

Share This:
सम्बन्धित खबर
Loading...