कोरोना संक्रमणबाट एक जनाको मृत्यु

40

काठमाडौँ, १३ वैशाख । कोरोना भाइरसको संक्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना संक्रमितको उपचारको क्रममा निधन भएको हो ।

यसैगरी आज एक हजार ६३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा संक्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३६१ पुगेको छ । उपचारपछि आज ६५ जना घर फर्किएका छन् ।

यस्तै, काठमाडौँमा उपत्यकामा २९ जना आइसोलेसन, पाँच जना सघन उपचार कक्ष (आइसियू) र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ देखा परेका छ । शून्यमा झरेको संक्रमण नेपाल भारत खुला सिमानाका कारण फैलिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...