ढाकाकुमार टेप प्रकरण : रास्वपाले लियो ढाकाकुमारसँग १ घन्टा बयान

93

काठमाडौँ, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठसँग एक घन्टा बयान लिएको छ । रास्वपा अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारामा सांसद श्रेष्ठसँग २ करोड प्रकरणबारे एक घन्टा बयान लिएको हो ।

श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भनी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएको थियो ।

रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ । बयानका क्रममा पनि सांसद श्रेष्ठले प्रष्टीकरणमै उल्लेख गरेको कुरा दोहोर्‍याएको अनुशासन समितिका संयोजक भरतमणि देवकोटाले बताए ।

सोमबार साँझ पार्टीको ताकेतापछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणमा अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको श्रेष्ठको दाबी छ । तर, उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...