कमल खत्रीको ‘तुइन पारी’ सार्वजनिक [भिडिओ]

126

काठमाडौँ, १८ चैत । हरि हुमागाईँले निर्देशन गरेका गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्छ । उनै, निर्देशक हुमागाईँले राम नवमीको अवसर पारेर ‘तुइन पारी’ बोलको गीत सार्वजनिक गरेका छन् । हुमागाँइले यस पटक पनि भिडिओमा एउटा सिंगो कथा बुनेका छन् ।

सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजक छ ।

सार्वजनिक गीतको अडियो र भिडिओ नै गज्जब छ । भिडिओमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईंलाई हेर्न सकिन्छ । नाजिरले भिडिओमा वैदेशिक रोजगारीमा गएर स्वदेश फर्कने एक युवाको भूमिका निर्वाह गरेका छन् ।

जसको कथा तथा पटकथा नाजिर हुसेनले नै लेखेका हुन् । भिडिओले विकट गाउँबाट प्रदेश जाने युवाले आफ्नो घरमा श्रीमतीलाई गाह्रो परेको खबर पाएर गाउँ फर्केर घर आइपुग्न साथ आफ्नी जीवनसंगीनीले नवजात शिशु मायाको चिनो दिएर संसार छाडी सकेको पीडालाई वास्तविक रुपमा देखाएको छ ।

सार्वजनिक गीतको भिडिओलाई हरि हुमागाईँ र नाजिर हुसेनले निर्देशन गरेका हुन् । भिडिओमा डिओपी तथा सम्पादन निर्देशक हुमागाईंकै रहेको छ भने उत्तम हुमागाईंको छायांकन रहेको छ । यस्तै, भिडियोमा प्रविन मानन्धरको भिएफएक्स र कलरिङ छ ।

हुमागाईं पछिल्ला केही समयमा छायांकनका साथै म्युजिक भिडिओ निर्देशनतर्फ हाबी हुँदै गएका छन् । जसले सयौँ म्युजिक भिडियोको छायांकन गरिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...