क्यानले बढायो मुख्य प्रशिक्षक देशाईको पारिश्रमिक

295

काठमाडौँ, ९ चैत । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले २ हजार डलरले वृद्धि गर्दै देशाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पुर्‍याइएको हो ।

नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिउँदै विश्वकप छनोटमा पुर्‍याएमा तलब वृद्धि गर्ने यसअघिको सम्झौताअनुसार उनको पारिश्रमिक वृद्धि गरिएको क्यानले जनाएको छ ।

उनको प्रशिक्षणमा हालै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउँदै आइसिसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधैँ स्थान बनाएको छ ।

याे पनि हेर्नुस् 

नेपालको टेस्ट खेल्ने सम्भावना छ : प्रशिक्षक देशाई

 

Share This:
सम्बन्धित खबर
Loading...