पूर्वेली मारूनी गीत ‘जोर मादल’ सार्वजनिक [भिडिओ]

476

काठमाडौँ, ७ चैत । गायिका मनिता राई र गायक हरि राईको ‘जोर मादल’ बोलको पूर्वेली मारूनी गीत सार्वजनिक भएको छ ।

सुनिल दिप्त राईको शब्द रहेको जोर मादलमा संगीत डिआर अटुले गरेका हुन् । गीतलाई राजु कार्कीले एरेन्ज तथा मिक्सिङ गरेका छन् । गीतको भिडिओलाई दुर्गा बान्तवा राईले छयांकन तथा सम्पादन गरेका हुन् ।

सार्वजनिक गीतको भिडिओ हरि राई युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...