समीक्षा अधिकारीको ‘डाँडै पिपल’मा सुधिर र आरुषीको रोमान्स

34

काठमाडौँ, ४ चैत । गायिका समीक्षा अधिकारी र गायक झलक पुनको ‘डाँडै पिपल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।  गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको  डाँडै पिपलमा एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् ।

 मौसम हिमालीको निर्देशन रहेको भिडिओमा  मोडलद्वय सुधिर श्रेष्ठ र आरुषी मगरको अभिनय छ । लोकशैलीको रोमान्टिक गीतमा एक जोडीको सफल प्रेम कहानीलाई देखाइएको छ । जसमा सुधिर र आरुषी गज्जबसँग खुलेका छन् ।

म्याग्दीको बरंजामा जन्मे हुर्केका गायक झलकले चौबन्दी चोली बोलको गीतबाट गायन यात्रा सुरु गरेका हुन् । अध्ययनको शिलशिलामा  काठमाडौँ आएर अध्ययनसँगसँगै गीत संगीतमा पनि लागेका झलक हाल अष्ट्रेलियामा छन् ।

उनका मगरको छोरो सालैजो भाका, झरी परेको त्यो दिन पपलगायत अन्य गीतका भिडिओहरु बजारमा आइसकेका छन् । सार्वजनिक डाँडै पिपलमा नवराज उप्रेती छायांकन, नवीन घर्तीमगरको सम्पादन रहेको सार्वजनिक गीतको भिडिओ झलक पुन युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...