राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

70

काठमाडौँ, ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...