काठमाडौँ, २८ फागुन । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले जाकारी दिए ।
उनीविरूद्ध उम्मेदवारद्वय नेकपा (एमाले)की नेतृ अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेतृ ममता झाले उजुरी दिएका थिए । तर, संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै आयोगले यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने स्पष्ट पारेको हो ।
जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी रहेको छ । उपराष्ट्रपतिमा कुल ४ जनाको उम्मेदवारी परेको छ ।
उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफूविरूद्ध परेको उजुरीको जबाफ दिएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर आफूविरूद्ध परेको उजुरीको खण्डन हुने दाबीसहित जबाफ दिएका थिए ।