बाबुराम भट्टराई भन्छन्– संविधान र कानुनको रूप र सार हेरेर निर्णय गर्नुपर्छ

68

काठमाडौँ, २७ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान र कानुनको रूप र सार हेरेर निर्णय गर्नुपर्ने बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले सो कुरा बताएका हुन् । “हाम्रो समावेशी संविधानमा प्रमुख पदहरूमा माथिदेखि तलसम्म लैंगिक र जातीय समावेशित कायम गर्ने स्पिरिट हो । अतः उपराष्ट्रपतिको चयनमा नचुकौँ,” उनले खेलेका छन् ।

आफ्नो निजी/दलगत स्वार्थ हेरेर व्याख्या/निर्णय गर्नु लोकतन्त्रको हितमा नहुने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...