काठमाडौँ, २५ फागुन । राष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो ।
दिउँसो १२ः३५ बजेसम्म खसेको प्रदेशसभातर्फ ३३६ र संघीय संसद्तर्फ २६७ मत खसेको छ । संघतर्फ महिला ९२ पुरूष र १७५ महिला गरी २६७ र प्रदेशतर्फ महिला १५९ र पुरूष १७८ गगरी ३३६ मत खसेको हो ।
राष्ट्रपति पदमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।