माओवादीले न्यायालयमाथि हस्तक्षेप गर्न खोजेको भन्दै उच्च बारको आपत्ति

105

काठमाडौँ, २२ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्धको रिट दर्ता गर्न दिनु भन्ने सर्वोच्च अदालतको आदेशविरूद्ध माओवादी पार्टीका महासचिव देवप्रसाद गुरूङले जारी गरेको विज्ञप्तिप्रति उच्च अदालत बार एसोसिएसन पाटनले आपत्ति जनाएको छ ।

उच्च अदालत बारका रविन्द्र कुमार ढुंगानाले विज्ञप्ति जारी गर्दै न्यायाधीशहरूको नामसमेत उल्लेख गरी न्यायापालिकाप्रति हस्तक्षेप गर्ने अभिप्रायले सर्वोच्च अदालतमा विचाराधीन विषयमा विज्ञप्ति जारी गरेको भन्दै भत्र्सना गरेका छन् ।

“राज्य सञ्चालनको जिम्मेवार भूमिकामा रहेको राजनीतिक दलको तर्फबाट स्वतन्त्र न्यायपालिका एवम् शक्ति पृथकीकरण सिद्धान्तविपरीत गैरजिम्मेवारीपूर्ण विज्ञप्ति प्रकाशन गर्नु तथा अभिव्यक्ति प्रकट गर्नु निन्दनीय विषय भएकाले घोर भत्र्सना गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

माओवादीका महासचिव गुरूङले आइतबार विज्ञप्ति जारी गर्दै अदालतको आदेश संविधान र शान्ति सम्झौताको मर्मविपरीत रहेको भन्दै आपत्ति जनाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...