माधव नेपाललाई राष्ट्रपति खानु भन्दा कांग्रेसलाई सोध्न गए : ओली

43

काठमाडौँ, २० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्दा माधव नेपालले कांग्रेससँग सोध्न गएको भन्दै व्यङ्ग्य गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै व्यङ्ग्य गरेका हुन् । उनले आठ दलको विचार, दिशा नभएको पनि बताए ।

“राष्ट्रपति खानु भन्दाखेरी कांग्रेसलाई सोधेर आउँछु भनेर रामचन्द्र पौडेल कहाँ सोध्न गए, रामचन्द्रले होइन मलाई नै चाहिन्छ भने,” उनले भने, “आठ दलको बैठकमा उहाँ (नेपाल)ले मलाई केपी कमरेडले भेट्नुभयो । कुरा राम्रो छ, राष्ट्रको बारेमा चिन्ता गर्नुभयो भनेर लामै बोल्नुभयो।”

उनले थपे, “बैठकमै लामो कुरा नगर्नुस् न, राष्ट्रपतिमा हामी एक जुट भएर जानुपर्‍यो नि भन्दा हैन त्यो त रामचन्द्रजीलाई छँदैछ नि, त्यसमा त म सहमत नै छु रे। हेर बुद्धि ।”

एमालेलाई प्रमुख पार्टी बनाउन नहुने भन्दै आठ दलमा छलफल भएको पनि उनले बताए । यस्तै, उनले आठ दलको पनि व्यङ्ग्य गरेका छन् । “अब आठ दल पहिलेको जस्तो होइन । धेरै बलियो भएर आयो किनभने एक जना हिरोइनको गरिमामय उपस्थितिमा त्यो बैठक बस्यो । को हिरोइन त मलाई थाहा भएन, सुनेको मैले,” उनले भने, “अब देशले गरिखाला कि, देशले गरी नखाएपनि आठ दलले खाने जस्तो देखियो भनेर मैले टिप्पणी गरेको थिएँ ।”

Share This:
सम्बन्धित खबर
Loading...