सिटी शीर्ष स्थानमा

33

काठमाडौँ, ४ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेपछि उपाधि दौड रोमाञ्चक बनेको छ ।

यो जितपछि सिटी आर्सनललाई उछिन्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ । इमिरेट्समा भएको खेलमा सिटीले २४औँ मिनेटमा केभिन डि ब्रुयनाको गोलमा अग्रता लिएको थियो ।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा आर्सनलले खेल बराबरीमा पुर्‍यायो । सिटीका गोलकिपर एडर्सनले आर्सनलका एडी नेकिटियालाई फउल गरेपछि आर्सनलले पेनाल्टी पायो । जसलाई बुकायो साकाले गोलमा परिणत गरे ।

७२औँ मिनेटमा ज्याक ग्रिलिसले गोल गरेपछि आर्सनलको आशा लगभग समाप्त भएको थियो । ग्रिलिसका लागि इल्काइ गुन्वानले सहयोग गरेका थिए ।

८२औँ मिनेटमा डि ब्रुयनाको पासमा अर्लिङ हालान्डले गोल गरेपछि पेप ग्वार्डिवालाको टोलीले महत्वपूर्ण ३ अंक बटुल्यो ।

साविक विजेता सिटीको २३ खेलबाट ५१ अंक छ । एक खेल कम खेलेको आर्सनलको पनि समान ५१ अंक छ । गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा रहेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...