निलम्बित सांसद चौधरीको आज जिल्ला अदालत कैलालीमा बयान

27

काठमाडौँ, ३ फागुन । कैलाली क्षेत्र नम्बर २ बाट चुनाव जितेका निलम्बित प्रतिनिधिसभा सदस्य अरूण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ ।

माघ १९ मा बाँकेबाट पक्राउ परेका चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ माघमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।

माघ २९ गते देशबहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो । उच्च अदालत दिपायलबाट सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडिओ प्रविधिमार्फत् बयान दिने छन् ।

२०७७ भदौ ३ गते लु२त२११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित ३ जनाविरूद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...