विश्वकप लिग–२ : पहिले बलिङ गर्दै नेपाल

69

काठमाडौँ, २ फागुन । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालले नामिबियाविरूद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

त्रिभुव विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरपछि सुरू हुने त्रिदेशीय एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया भिड्न लागेका हुन् ।

लिग–२ मा नेपालले ३ वर्षपछि घरेलु मैदानमा खेल्दै छ भने नामाबियाले ७ वर्षपछि नेपालमा आएर खेल्न लागेको हो ।

नेपालले यसअघि सन् २०२० फेब्रुअरीमा ओमान र अमेरिकासहितको विश्वकप लिग–२ श्रृंखला घरेलु मैदानमा खेलेको थियो । नामिबियाले २०१६ मा वर्ल्ड क्रिकेट लिगअन्तर्गत काठमाडौँ आएर नेपालसँग दुई खेल खेलेको थियो ।

नेपालले नामिबिया र स्कटल्यान्ड दुवैसँग २–२ खेल खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...