ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

34

काठमाडौँ, १ फागुन । ताप्लेजुङलाई केन्द्र बनाएर सोमबार बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङगोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...