विमानस्थलबाट ३५ किलो चरेससहित ४ जना थाइ नागरिक पक्राउ

254

काठमाडौँ, २९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिणाममा लागु औषधसहित ४ जना थाइ नागरिक पक्राउ परेका छन् ।

थाइलाइन एयरको उडान नम्बर २२१ बाट बैंकक जान लागेका ४ जना थाइ नागरिक ३५ किलो चरेसहित पक्राउ परेका हुन् । विमानस्थल प्रहरी स्रोतका अनुसार शनिबार साँझ उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ परेका हुन् ।

उनीहरूले सुटकेसमा फल्स बटन बनाइ लागु औषध चरेस लुकाइछिपाइ लैजान लागेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैत्र, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन् । त्यसमध्ये ३ जना महिला र एक जना पुरूष रहेको प्रहरीले जनाएको छ ।

उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनराइभल भिसा लिएको अध्यागमन कार्यालयले जनाएको छ ।

थप अनुसन्धानका लागि उनीहरूलाई लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरमा पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...