भ्रष्टाचार नियन्त्रण गर्न राज्य संयन्त्र एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी

43

काठमाडौँ, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गरेकी छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रवपत भण्डारीले राजनीतिक नेतृत्व, आयोग र प्रशासनिक नेतृत्वको सांगठनिक एवम् एकताबद्ध प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उल्लेख गरिन् ।

उनले भनिन्, “भ्रष्टाचार राज्यविरूद्धको अपराध हो । यसले मुलुकको समृद्धि दिगो विकासमा बाधा पुर्‍याउने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सम्पूर्ण राज्य संयन्त्र एवम् सरोकारवाला एकजुट हुन जरूरी छ ।”

सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्वको सिर्जना तथा अन्तर्राष्ट्रिय सम्मानमा कुठाराघात गर्ने हुँदा भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको राष्ट्रपतिको भनाइ छ । उनले उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी सबैले नैतिकवान्, सदाचारी र इमान्दार भइ काम गर्न सकेमा मात्र भ्रष्टाचार न्यूनीकरण हुने विश्वास व्यक्त गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...